द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षामा सरकार सजग : परराष्ट्रमन्त्री शर्मा

0 Shares

काठमाडौँ, फागुन ३० गतेबालानन्द शर्माले पश्चिमी एसिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताउनुभएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपालीहरूको आवतजावतमा प्रत्यक्ष असर परेको उहाँले उल्लेख गर्नुभयो।

सम्भावित आपत्कालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रुम’ (आपत्कालीन नियन्त्रण कक्ष) सञ्चालनमा ल्याइसकेको जानकारी पनि उहाँले दिनुभयो। उक्त कक्षमार्फत विदेशमा रहेका नेपाली तथा स्वदेशमा रहेका उनीहरूका परिवारबीच सूचना आदानप्रदान र समन्वय गरिने उहाँको भनाइ छ।

मन्त्री शर्माले विश्वका केही क्षेत्रमा देखिएको अस्थिरताले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको बताउँदै विशेषगरी पश्चिमी एसियामा कार्यरत नेपालीहरूको अवस्थाप्रति सरकार सचेत रहेको धारणा राख्नुभयो। हवाई सेवा प्रभावित हुँदा परेको असरलाई ध्यानमा राख्दै नागरिकको सुरक्षा र आवश्यक सहयोगका लागि विभिन्न कदम अघि बढाइएको उहाँले बताउनुभयो।

उहाँले पश्चिमी एसियामा रहेका नेपालीहरूलाई कुनै समस्या परेमा सम्बन्धित देशस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गर्नुभयो।

साथै, विषम परिस्थितिमा नेपाली नागरिकको हित संरक्षणका लागि एनआरएनएले गर्दै आएको सहयोग उल्लेखनीय रहेको भन्दै मन्त्री शर्माले भूकम्प, बाढीपहिरो तथा COVID-19 महामारीका समयमा गैरआवासीय नेपालीहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। आगामी दिनमा पनि यस्तो सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

सबै