केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको पशुपतिस्थित अन्त्येष्टि

0 Shares

काठमाडौँ, फागुन ३० गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएका स्वर्गीय मोहनप्रसाद ओलीको पार्थिव शरीरमा अध्यक्ष ओलीले मुखाग्नी दिनुभएको थियो। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता तथा कार्यकर्ता पशुपति पुग्नुभएको थियो।

शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको थियो। निधन भएको खबर पछि आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताले अस्पतालमै श्रद्धाञ्जली अर्पण गरेका थिए।

मोहनप्रसाद ओली लामो समय छोरीको निवासमा बस्दै आउनुभएको थियो। गएराति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको र उपचारको क्रममा उहाँको निधन भएको एमाले सचिवालयले जनाएको छ। दिवङ्गतका दुई छोरा र तीन छोरी हुनुहुन्छ।

सम्बन्धित समाचार

सबै