नेकपा नेता जीवन बुढाले कालिकोटबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता

0 Shares

कालिकोट माघ ६ गते  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीवन बुढाले कालिकोट निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता बुढाले जनताको चाहना, आवश्यकता र स्थानीय विकासका मुद्दालाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएको बताए। उनले कालिकोटको समग्र विकास, सुशासन, रोजगारी र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
पार्टीगत सीमाभन्दा माथि उठेर जनताको प्रतिनिधि बन्न चाहेकाले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ। उनले सबै वर्ग र समुदायको सहयोग र समर्थनको अपेक्षा पनि गरेका छन्।
कालिकोटमा प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन् भने विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरू आ–आफ्ना चुनावी कार्यक्रम सार्वजनिक गर्न थालेका छन्।

सम्बन्धित समाचार

सबै