‘कल्याण श्रेष्ठको ‘पत्ता–साफ’ चेतावनी विवाद : ओलीसँग भेटपछि सरकार ढाल्ने रणनीति ’

0 Shares

काठमाण्डाै ९ मंसिर  ।  पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अर्थमन्त्री डा. रामेश्वर खनाललाई एक उद्योगीमार्फत ‘पत्ता–साफ’ पारिदिने चेतावनी दिएको खुलेको छ। कल्याणका छोरासँग सहकार्य गर्ने एक व्यापारीको पक्षमा निर्णय गराउन दबाब बढेपछि, त्यसलाई अर्थमन्त्रीले अस्वीकार गरेपछि धम्कीको स्तरसम्म पुगेको स्रोत बताउँछ। प्रधानमन्त्री सुशीला कार्की र कल्याण दुवैसँग सम्बन्ध भएका आदर्श श्रेष्ठमार्फत पनि यस्तै दबाब आउने गरेकाले अर्थमन्त्रीमाथि दवाबको श्रृंखला लामो समयदेखि चल्दै आएको जनाइएको छ।

यसबीच, कल्याण श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर सरकार ढाल्ने गोप्य रणनीतिमा लागेको पनि राजनीतिक वृत्तमा चर्चा छ। अर्कातिर सुदन गुरुङले गृहमन्त्रीको राजीनामा मागिरहेका बेला, कल्याणले अर्थमन्त्रीमाथि दागा धर्दै प्रधानमन्त्रीका दुई प्रमुख सारथीलाई कमजोर बनाउने प्रयास भइरहेको विश्लेषकहरूको दाबी छ। राजनीतिक अस्थिरता बढाउने, चुनाव रोक्ने र सरकारलाई कमजोर बनाउने यस्तो संयोजित खेलले समग्र सत्ता संरचना नै चुनौतीमा परेको देखिन्छ।

सम्बन्धित समाचार

सबै