पितृशोकमा रहनुभएका ओलीको अध्यक्षतामा एमाले सचिवालय बैठक

0 Shares

भक्तपुर, फागुन ३० गते । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा सचिवालय सदस्यको उपस्थिति छ । अध्यक्ष ओली अहिले पितृशोकमा हुनुहुन्छ । उहाँका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल हुनेछ । साथै, समानुपातिक सांसदको नाम टुङ्ग्याएर निर्वाचन आयोगमा पठाउने तयारी समेत रहेको बताइएको छ । पिताको निधनको शोकमा रहे पनि अध्यक्ष ओली बैठकमा सहभागी हुनुहुन्छ ।

 

सम्बन्धित समाचार

सबै