काठमाडौं, कात्तिक १७ । सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिदको दर्जा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयका अनुसार सहिद घोषणा गरिएका मध्ये ४२ जना आन्दोलनकारी र तीन जना सुरक्षाकर्मी रहेका छन्। प्रहरी सहायक निरीक्षक (असइ) मिलन राय, हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा पनि सहिद सूचीमा परेका छन्।
गत भदौ २३ र २४ गते भएको आन्दोलनमा देशभर ७६ जनाको मृत्यु भएको थियो। तीमध्ये १० जना कैदीबन्दी रहेका छन् भने केहीको सनाखत अझै हुन बाँकी छ। मन्त्रालयका एक अधिकारीका अनुसार आन्दोलनका क्रममा प्राण गुमाएका नागरिकहरूलाई मात्रै सहिद घोषणा गरिएको हो।
सरकारको निर्णयसँगै जेन–जी आन्दोलनमा बलिदान भएका नागरिकहरूलाई राष्ट्रिय सम्मानका साथ सम्झन तयारी थालिएको छ। सहिद परिवारलाई राहत र सम्मानको व्यवस्था गर्न पनि मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सहिदको नामावली यस्तो छः
१. बुद्धिबहादुर तामाङ – कीर्तिपुर–२, काठमाडौं
२. सन्तोष विश्वकर्मा – बेलका–४, उदयपुर
३. सुलभराज श्रेष्ठ – नेपालगन्ज–१, बाँके
४. श्रीयम चौलागाईं – बेलबारी–११, मोरङ
५. ईस्वतबहादुर अधिकारी – का.म.पा–११, काठमाडौं
६. आयुष थापा – नेपालगन्ज–१, बाँके
७. गौरव जोशी – धनगढी–५, कैलाली
८. योगबहादुर श्रेष्ठ – बारबिसे–६, सिन्धुपाल्चोक
९. माधव सारू मगर – भूमिकास्थान–४, अर्घाखाँची
१०. बिमलबाबु भट्ट – बारपाक सुलिकोट–५, गोरखा
११. असहाव आलम ठकुराई – वीरगन्ज–१२, पर्सा
१२. सौरनकिशोर श्रेष्ठ – बाग्लुङ–४, बाग्लुङ
१३. सुभाषकुमार बोहरा – खप्तडछान्ना–७, बझाङ
१४. रसिक खतिवडा खत्री – पनौती–१०, काभ्रे
१५. बिनोद महर्जन – ललितपुर–७, ललितपुर
१६. दिलनारायण तामाङ – तिमाल–७, काभ्रे
१७. योगेन्द्र न्यौपाने – गोलान्जोर–१, सिन्धुली
१८. अभिषेक श्रेष्ठ – इनरुवा–६, सुनसरी
१९. मोहन सरदार – इटहरी–१४, सुनसरी
२०. छत्रमान कुथुमी – पाख्रिबास–२, धनकुटा
२१. ओझन बुढा – स्वामिकार्तिकखापर–२, बाजुरा
२२. साजन राई – धरान–२२, सुनसरी
२३. अनिश पराजुली – पालुङटार–३, गोरखा
२४. सारकुमार राई – चौदण्डीगढी–३, उदयपुर
२५. अर्जुन भट्ट – गण्डकी–४, गोरखा
২৬. धीरज श्रेष्ठ – तादी–३, नुवाकोट
२७. देवकुमार सुवेदी – लालबन्दी–५, सर्लाही
२८. उमेश महत – चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक
२९. प्रविण कुलुङ – सिलिचुङ–३, संखुवासभा
३०. निखिता गौतम – कालिका–८, चितवन
३१. अभिषेक चौलागाईं – शैलुङ–४, दोलखा
३२. विजय चौधरी – लहान–१५, सिराहा
३३. भीमराज धामी – दुर्गाथली–१, बझाङ
३४. निरज पन्त – दशरथ–६, बैतडी
३५. दीपकसिंह साउद – शिवनाथ–२, बैतडी
३६. शुभराज बलामी श्रेष्ठ – ककनी–१, नुवाकोट
३७. ज्ञानिन्द्र सेढाई – अर्जुनधारा–११, झापा
३८. दिनेश राजवंशी – अर्जुनधारा–८, झापा
३९. कमल भण्डारी – हिलिहाङ–२, पाँचथर
४०. दिपेश सुनुवार – तिनपाटन–६, सिन्धुली
४१. महेश बुढाथोकी – विगु–३, दोलखा
४२. लच्छुमान राई – पञ्चकन्या–२, नुवाकोट
४३. मिलन राय – दुधौली–८, सिन्धुली (असइ)
४४. अमृत गुरुङ – रुपा–५, कास्की (हवल्दार)
४५. उत्तम थापा – लेकाम–३, दार्चुला (जवान)
सहिद घोषणा पछि जेन–जी आन्दोलनका सहभागीहरूले सरकारले आफ्नो बलिदानलाई आधिकारिक मान्यता दिएको भन्दै स्वागत गरेका छन्। उनीहरूले भने, “सहिद घोषणा मात्र होइन, आन्दोलनका माग पूरा गरेरै उनीहरूको आत्मालाई सान्त्वना दिनुपर्छ।”
यसअघि जेन–जी आन्दोलनका क्रममा प्रदर्शन नियन्त्रणका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा सयौं घाइते भएका थिए। सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिसकेको छ।