विगत केही दिनयता “हिंसा” शब्दलाई लिएर दोहोरी नै चलेको छ ।

0 Shares
 प्रकाश राेकाया
प्रकाश राेकाया

अब हामी मानव अधिकार, प्रजातन्त्र, लोकतन्त्र र विकासका नाममा विदेशी (मुख्यतः पश्चिममाहरु) ले गर्दै आएको हिंसा मात्रै होइन, महाहिंसाका बिरुद्ध एकजुट भएर लाग्ने कि ?

पहिलो कुरा हिंसा भनेको के हो र कस्तो अबस्थामा क-कसले हिंसा गर्दछ भन्ने कुरामा अध्ययन, ज्ञान र जानकारी राख्नु पर्दछ ।
हिंसा आफैमा अप्रिय र अस्वीकृत क्रियाकलाप (कुरा) हो । हिंसा आपराधिक व्यक्ति, समुह र एकांकी सोच, चिन्तन र निरंकुश मानसिकता भएकाहरुले गर्ने गर्दछन । हिंसा योजनाबद्ध, विवेकहिन भएको बेला, मानसिक सन्तुलन गुमाएको बेला हुने गर्दछ ।
नेपाली समाज आजपनि हिंसाबाट मुक्त छैन बरु थप आक्रान्त बनेर गएको छ । “अपराधको राजनीति र राजनीतिको अपराधीकरण” त्यसको एक हिस्सा हो । परिवार, समाज, राज्यका अंग, संरचना, निकाय र राजनीति दलभित्र हुने गरेका तमाम प्रकारका एकांकी निर्णय, विभेद, अन्याय, गुटबन्दी र असामनता त्यसैका ध्वतक हुन ।
अत : मेरो अग्रज कमरेड योगेश भट्टराईले संसदमा जनयुद्ध सँग जोडेर “हिंसा”नामक जुन शब्द चयन गर्नुभयो त्यसमा उहाँ चिप्लिएकै हो । त्यसमा उहाँले आफुलाई सम्हाल्दै जनयुद्धका बारेमा राजनीतिक भाषा प्रयोग गर्दा पदको मर्यादा कायम‌ रहन सक्छ ।
राजनीति दलका बारेमा वर्गीय दृष्टिकोण र बुझाईका आ-आफ्ना सीमा र स्थान हुने भएपनि तत्कालिन नेकपा माओवादीको नेतृत्व र लाखौ-लाख न्यायप्रेमी नेपालीहरुको‌ सहभागितामा भएको दश बर्षे जनयुद्धका बारेमा कोही पनि पूर्वाग्रही हुनु पर्ने कुनै कारण देखिदैन । बरु जनयुद्धको जग र वलमा २०६२/०६३ को जनआन्दोलन-२ भएको कुरालाई हामी सबैले सहर्ष स्वीकार गर्नुपर्छ ।
क्रान्ति, आन्दोलन, जनयुद्ध र बिद्रोहमा कुनै व्यक्ति विशेषले आग्रह र पूर्वाग्रह बन्दै प्रतिशोध साँध्ने काम गरेको छ भने त्यसको जिम्मेदवार स्वयम व्यक्ति नै हुन्छ । त्यसमा सिङ्गो आन्दोलन, क्रान्ति, बिद्रोह र जनयुद्धलाई जोड्न हुदैन र मिल्दैन । फेरि म भन्छु त्यो एकांकी सोच र चिन्तन हो । जुन सोचको दलदलमा नेपाली राजनीति, राजनीतिक दल र तिनका नेता-कार्यकर्ता आज नराम्ररी फसेका छन, माथि उठ्न नसक्ने गरी ।
त्यसैले, बरु अब हामी मानव अधिकार, प्रजातन्त्र, लोकतन्त्र र विकासका नाममा विदेशी (मुख्यतः पश्चिममाहरु) ले गर्दै आएको हिंसा मात्रै होइन, महाहिंसाका बिरुद्ध एकजुट भएर लाग्ने कि ?
किनभने आज हामी नाम मात्रैको नेपाल देशको भुमिमा भबिष्य अन्धकार र अनिश्चित बनाईएका नेपाली भाषा बोल्ने नेपाली अनुहार भएका नेपालीमा सिमित हुने अवस्थामा पुगिसकेकाेले बरु यो बिषयमा सार्वभौम सदनलाई सदुपयोग गर्ने कि माननिय महोदय !!

सम्बन्धित समाचार

सबै