कैलालीको खुटिया नदीमा डुबेर चार किशोरको मृत्यु

0 Shares

धनगढी, भदौ १२ गते । कैलालीको खुटिया नदीमा डुबेर चार जना किशोरको मृत्यु भएको छ । आज दिउँसो करिब २ बजेतिर गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए ।

मृत्यु हुनेमा धनगढीका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी            दिनुभयो ।

सात जना किशोर नदीमा पौडी खेल्न गएका मध्ये चार जना बेपत्ता भएका थिए भने बाँकी तीन जना सकुशल रहेका प्रहरीले जनाएको छ ।

बेपत्ता भएका चारै किशोरलाई सुरक्षाकर्मीको उद्धार टोलीले खोजीकार्यपछि मृत अवस्थामा नदीबाट निकालिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै