टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0 Shares

जेठ १० गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा शनिबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बालुवा लोड गरेर बागमतीबाट हरिवनतर्फ आउँदै गरेको ना. ७ ख ६३९१ नम्बरको टिप्परले विपरीत दिशाबाट गइरहेको बा. ६६ प ८४६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको हो ।

मिकरानीलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार मलङ्गवा नगरपालिका–१०, कै २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते हुनुभएको छ । सुमितको एल एस न्यूरो अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिइएको हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सबै