४२ उपसचिवको सरुवा, मन्त्रालय र स्थानीय तहमा जिम्मेवारी हेरफेर

0 Shares

काठमाडौं, असोज २ ।  सरकारले ४२ जना उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार शुक्रबार विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा सूचीअनुसार ज्ञानराज लम्साललाई पूर्वाधार विकास मन्त्रालयमा खटाइएको छ। कृष्णप्रसाद सुवेदीलाई झापाको गौरादह नगरपालिकामा सरुवा गरिएको छ भने कुशला पौडेललाई रक्षा मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

त्यसैगरी मोहनराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। मन्त्रालयका अनुसार सरुवा सूचीमा परेका अन्य उपसचिवलाई पनि आवश्यकताअनुसार विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा खटाइएको छ ।

सम्बन्धित समाचार

सबै