जेएनजी आन्दोलनमा घुसपैठ र अराजक गतिविधि : सत्यतथ्य छानबिन गर्न सरकारलाई युवा नेता रोकायाको आग्रह

0 Shares

जेन जीले गरेको आन्दोलनमा देश भित्र र देश बाहिरबाट (देशी विदेशी प्रतिक्रियावादी) घुसपैठ भएको कहीँ कतै छिपेको
छैन । धमिलो पानीमा माछा मार्नेहरूले त्यो प्रयास र प्रयत्न गरि नै हाल्छन्। त्यसप्रति राज्य संयन्त्र, राज्यका निकाय, अङ्ग र संरचना ती सबैको नेतृत्व गरेको सरकार अति संवेदनशील बनेर अगाडि नै थाहा पाउनुपर्ने र सूचना लिनुपर्ने हो तर राज्य विहिनताको अवस्थामा देशले यस प्रकारको क्षति व्यहोर्नु पर्यो।

किनभने हामीसँग राष्ट्रिय अनुसन्धान विभाग नभएको होइन तर घटनाले नभएको जस्तै पुष्टि गर्‍यो । देशमा के हुँदैछ कसले कहाँ कस्तो प्रकारको गतिविधि गर्दैछ घटना घटाउन सक्दछ भन्ने कुरा थाहा नपाउने राज्य संयन्त्र र सरकार का बारेमा थप भनिरहनु परेन । किनभने यहाँ देश र जनताका लागि काम गरेको छ न सरकार नै अहिलेसम्म बनेका छन्।

व्यवस्थामा पनि त्यस प्रकारको गन्ध रहँदै आएको छ। नेपालमा भएका हालसम्मका परिवर्तनमा देशी तथा विदेशी प्रतिक्रियावादीहरू को को जुको टाँसिए जस्तै टाँसिँदै आएका छन् त्यो पनि जगजाहेर नै छ। त्यसकारणले गर्दा व्यवस्था फेरिए पनि नेपाली जनताको जीवनस्तर र देशको अवस्था नफेरिएको भन्ने निष्कर्ष हामीले निकाल्नै पर्दछ ।

अरु त अरु जेएनजी आन्दोलनमा घुसपेट गरेर आग्जनी तोडफोड र लुटपाटमा पार्टीका मानिसहरुले नै एकआपसमा प्रतिशोध साँच्दै आग्जनी लुटपाट र तोडफोडमा संलग्न रहेको भनिएको छ । यदि त्यो हो भने यो निकै अराजनीतिक र गैरकानुनी कार्य हो । साथै राजनीतिक दलहरूले कस्ता प्रकारका कार्यकर्ताहरू निर्माण गरेका रहेछन् र कस्ता कस्तालाई पार्टीभित्र खुलेका रहेछन् भन्ने पनि यस घटनाले देखाएको छ।

सिंहदरबारदेखि संसद भवन हुँदै राष्ट्रपति भवन सम्म मात्र होइन सर्वोच्च अदालत र अन्य सरकारी संरचना माथि आग्जनी, तोडफोड र लुटपाट मच्चाउनेहरूको पनि ढिलो चाँडो हो पक्कै पनि पहिचान हुनेछ।

अत: वर्तमान अन्तरिम चुनावी सरकारले यसको सत्यतथ्य बाहिर ल्याउने काममा किमार्थ बिलम्ब गर्नु हुँदैन।

सम्बन्धित समाचार

सबै