सोमबार विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्री कँडेल

0 Shares

सुर्खेत, साउन २० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिनुहुने भएको छ । कँडेलले साउन २१ गते सोमबार संसदबाट विश्वासको मत लिनु हुने भएको हो ।   कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनुहुनेछ । उहाँले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक गत वैशाख १३ गते पहिलो पटक संसदबाट विश्वासको मत पाउनुभएको थियो ।

गत असारमा केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठनको तयारी गर्नुभएको हो ।

सम्बन्धित समाचार

सबै