काठमाणडाै, बैशाख ५ । कर्णालीका जनताको नाममा यसरी गएको पैसा व्यापक दुरुपयोग भएको, अपचलन गरेको र कागजमा हिसाव मिलान गरेर बाँडीचुँडी खाने गरेको कुरा मैले २०४९ सालदेखि लगातार बताउदै, भन्दै, बोल्दै र लेख्दै आइरहेको छु ।
उक्त पैसा ककसले अपचलन गरेका छन भन्ने कुराको रेकर्ड सम्बन्धि निकाय सँग समेत रहेकोले अब कर्णाली बासी जागरुक भएर तिनीहरुको मुकुण्डो उघार्न बिलम्ब गर्नु हुदैंन ।
त्यसैले यो कामको नेतृत्व कर्णाली प्रदेश सरकार र स्थानीय सरकारले नै गरोस् भन्ने मेरो चाहना र कामना हो ।
भविष्यमा कुनै दिन जनताले पाइपाईको हिसाब किताव गर्ने हुँदा त्यो महंगो पर्न जाने सक्ने कुरालाई ख्याल गरेर समयमै होसमा आउनु पर्यो भन्ने नै हो ।
कर्णाली बासीको अनुहार हेर्दै र कथा पढेर उक्त रकम जसले दिएका हुन त्यो देशको सरकार र जनतालाई पनि यस बारेमा जानकारी समेत गराउन जरुरी छ ।
सबै ट्रम्प जस्ता नभएकोले के हामीले व्यक्ति तथा नागरिकको जिम्मेवारी र कर्तब्य निर्वाह गर्नु पर्दैन र ?